आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा छुट्टै ब्यूरो स्थापना गरिने
आइतबार, ०६ साउन २०८१, १८ : ३५

काठमाडौँ । प्रहरीमा वित्तीय अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गरिने भएको छ । आर्थिक अपराध अनुसन्धान गर्न ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापन गर्ने योजना रहेको प्रहरी प्रवक्ता (डीआईजी) दान बहादुर कार्कीले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गर्ने योजना छ ।’
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र डिजीटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकाश गरिने कार्कीले बताए । उनले भने,‘विधि विज्ञान प्रयोगशालाको सेवा प्रदेशस्तरसम्म क्रमशः विस्तार गरिने छ ।’
केन्द्रीय अनुसन्धान ब्यूरोमा शंकास्पदहरुको प्रोफाइलिङ गर्ने प्रणालीको क्षमता पनि अभिवृद्धि गरिने कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी