मुलुकभर दैनिक ९७ सडक दुर्घटना हुन्छ, ७ जनाले ज्यान गुमाउँछन्

काठमाडौँ । मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सडक दुर्घटनामा एक दिनमा औसत ८८ जना घाइते हुन्छन् । सडक दुर्घटनामा दिनहुँ ७ जनाको मृत्यु हुने प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए ।
२०८० साउनयता ३५ हजार ४ सय ४ वटा सड्क दुर्घटना भएको छ । सो दुर्घटनामा परेर २ हजार ३६९ जनाको मृत्यु भएको छ । गएको आर्थिक वर्षमा दुर्घटनाबाट ६ हजार १६० जना गम्भीर घाइते भएका थिए । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले भने–‘दुर्घटनामा घाइते भएका परिवारले ठुलो धनराशि गुमाउनुपरेको र पीडा झेल्नुपरेको अवस्था छ ।’
दुर्घटनाबाट १ सय १ वटा पशु चौपायाले ज्यान गुमाएका छन् । मोटरसाइकल सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेका छन् । गएको आर्थिक वर्षमा भएको दुर्घटना मध्येमा करिब ५७ प्रतिशत मोटरसाइकल दुर्घटना भएका छन् । गत साउनयता १९ हजार ९ सय ८४ वटा मोटरसाइकल दुर्घटना भएको डीआईजी कार्कीले बताए ।
सो अवधिमा २ हजार १९३ बस, ६ हजार ८३७ कार तथा जिप र १ हजार ४८६ ट्रक तथा ट्याङ्कर दुर्घटना भए । ४ सय ६६ वटा टिपर दुर्घटनामा भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कबाट देखिएको छ । सो अवधिमा १५ सय २० वटा साइकल र रिक्सा दुर्घटना भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा हमासले इजरायलसामु राख्यो यस्तो शर्त
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज आउँदै, कस्तो होला महाप्रसादको अन्तिम नीतिगत निर्णय ?
-
ट्रम्पले चार भारतीय कम्पनीमाथि लगाए प्रतिबन्ध
-
चरनका लागि राखिएका मौरी
-
७ महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात
-
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना : सात दशकपछि होला त ‘ब्रेक थ्रु’ ?