ओलीले दोहोर्याए– म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने दोहोर्याएका छन् । आइतबार विश्वासको मतको प्रस्तावमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूपनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताएका हुन् ।
‘भ्रष्टाचार म गर्दिन अरूलाई पनि गर्न दिन्न’, प्रधानमन्त्रीले भने,‘म फेरि भन्छु भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’
उनले कसैलाई मान्छे मन नपर्न सक्ने वा चरित्र हत्या गर्न मनलाग्नु बेग्लै कुरा भएको भन्दै सुनसुनको चित्र बनाएको देखिएको भन्दै त्यसको जवाफ दिनुपर्छ भनेर प्रतिप्रश्न गरे । प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा र विभिन्न समयमा कानुन नबनाई जग्गाहरू सट्टापट्टा गर्ने काम भएको भन्दै कानुन बनाएको बताए । उनले कानुन बनाउँदा नीतिगत भ्रष्टाचार हुन्छ भन्दै त्यहाँ नीतिगत भ्रष्टाचार नभएको दाबी गरे । यद्यपि कानुन कार्यान्वयन भइनसकेको बताए । ओलीमाथि गिरीबन्धु टिस्टेटको जग्गा सट्टा भर्ना गर्न दिएको आरोप लाग्दै आएको छ । उनले गिरीबन्धु टिस्टेटका नाममा अफवाह फैलाउनु बेग्लै कुरा भएको पनि बताए । उनले गिरीबन्धुको मुद्दा अदालतले फैसला गरिसकेको पनि बताए ।
यसअघि आइतबारकै प्रतिनिधि सभा बैठकमा जसपाका सांसद वीरेन्द्र महतोले हिजोमात्रै आफूले सानो ठिमीमा पाँच हजार घुस दिनुपरेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा
-
विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा विधेयकमाथि छलफल, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर
-
पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो
-
मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा