एनआईसी एशिया बैंक २८ वर्षमा प्रवेश

काठमाडौँ । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो ।
सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भइएको बैंकले जनाएको छ ।
यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनी , कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ ।
आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्ने अठोट गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग
-
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी
-
मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा
-
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी