अमरेश कुमारले गरे ओलीको प्रशंसा– तपाईँ अब देशको ‘बा’ बन्नुस्

काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले कार्यकर्ताहरूले ‘बा’ भन्ने गरेकोमा अब देशको नै ‘बा’ बन्नका लागि आग्रह गरे ।
सांसद सिंहले ओली प्रधानमन्त्री बनेपछि देशमा आशा र उत्साह बढेको बताउँदै अहिलेको सरकारलाई फेल हुन छुट नभएको बताए ।
उनले प्रधानमन्त्री ओली साँझ ७ बजेदेखि बिहान ३ बजेसम्म अध्ययन गर्ने नेता रहेको बताए । अहिलेको परिपे्रच्छेमा ओली जत्तिको अडान लिनसक्ने नेता कोही नभएको उनले दाबी समेत गरे ।
पहिले ओली सरकारमा गएको बेला राज्यसक्तामा पकट नरहेको तर अहिले राज्यसत्ता र सरकारमा पकट रहेकोले यदि उनले चाहे देशको मुहार परिवर्तन हुने जिकिर गरे ।
ओलीको कार्यकालमा राष्ट्रियता सुरक्षित रहने विश्वास रहेको बताउँदै उनले आफ्नो अडानमा कायम रहने ओलीको विशेषता रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
रौतहटमा युवकको शव फेला
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा