बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु साहले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

आइतबार, ०६ साउन २०८१, १७ : ३१
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।  आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै साहले संसदलाई यस्तो जानकारी गराएका हुन् । 

साहले वर्तमान सत्ता पक्षमा रहेका नेताहरुको नियत सही नभएको भन्दै अहिलेको सरकारले पनि देशलाई गति दिन नसक्ने बताए । उनले नेताहरु जवफदेही हुनुपर्नेमा जोड दिँदै नेताहरुले बोल्दा खिसिटुउरी हुने अवस्था रहेको बताए । 

उनले ओलीले प्रस्तुत गरेको सरकारको रोडम्यापमा आस्वस्त हुने अवस्था नरहेको पनि बताए । ओलीमाथि प्रश्न धेरै रहेकाले विश्वासको मत दिन उचित नहुने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप