विश्वासको मत लिने खेल जनताले रमिता मानेर हेरिरहेका छन् : चित्रबहादुर केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका सांसद चित्रबहादुर केसीले संसद्मा निरन्तर चलिरहेको विश्वासको मत लिने खेललाई रमिता मानेर हेरिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने अवसरमा बोल्दै उनले नेपालका राजनीतिक पार्टी के हुन् भनेर जनताले प्रश्न गरिरहेको बताए ।
उनले केपी ओली चौथो पटक प्रधानमन्त्री बनेको बताउँदै २०७४ सालमा पहिलोपटक प्रधानमन्त्री भएको बेला समर्थन गरेको बताए । तर पछि बिना कारण दुई–दुई पटक संसद् विगठन गरी ओलीले बदमासी गरेको, प्रतिगमनतिर गएको त्यो बेठिक थियो भनेर किन आत्मालोचना नगरेको भन्दै प्रश्न गरे ।
सांसद केसीले भने– ‘हामी यहाँ संसद्मा भ्रष्टाचार भयो, राष्ट्रियता खतम भो भन्छौँ । त्यो कसले गर्छ ? नेपाली जनताले गर्छ ? यहाँ सुन तस्करी भयो, यहाँ सरकारी जग्गा बेचियो, सहकारी हिनामिना भयो, बाहिर जनताले गरेका छन् ? यहीँ हामी सत्तामा बस्ने, चुनाव जित्ने, माननीय हुने, मन्त्री हुने, प्रधानमन्त्री हुने, हामीबाटै भएको हैन ?’
उनले सुन चोर्ने काम साधारण जनताले गरेका छन् भन्दै प्रश्न गरे । सहकारी पनि साधारण जनताले नठगेको बताए । उनले यस्ता कुराहरू अरू कसैलाई नभई आफैँलाई सुनाएको त हैन भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री ओलीलाई बधाई दिने तर समर्थन नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा