शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीमा नयाँ सरकार गठन गर्न आह्वान

आइतबार, ०६ साउन २०८१, १७ : १०
आइतबार, ०६ साउन २०८१

हेटौँडा । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।  प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन्  । 

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो ।

 प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यसैबीच नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्नेगरी उनीहरुले दावी पेसको तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप