इङ्ल्यान्ड–वेस्ट इन्डिज टेस्टमा ठट्टा

काठमाडौँ । इङ्ल्यान्ड र वेस्ट इन्डिजबिचको दोस्रो टेस्ट हाल नटिङ्घममा जारी छ । दोस्रो टेस्टको तेस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्ड दुई सय सात रनले अगाडि छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले पहिलो पालीमा चार सय १६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको क्यारेबियन टोली वेस्ट इन्डिजले भने आफ्नो पहिलो पालीमा चार सय ५७ रन बनाएको थियो । तेस्रो दिनको खेल सकिँदासम्म इङ्ल्यान्डले आफ्नो दोस्रो पालीमा केवल तीन विकेट गुमाएर दुई सय ४८ रन बनाएको छ ।
दोस्रो टेस्टका क्रममा इङ्ल्यान्डका तीव्र गतिका बलर मार्क उडसँग वेस्ट इन्डिजका ब्याट्सम्यान केवेम हजले गरेको ठट्टा अहिले चर्चाको विषय बनेको छ । उनीहरुबिचको ठट्टालाई सामाजिक सञ्जालमा धेरै क्रिकेट समर्थकले रुचाएका छन् ।
खासमा दोस्रो टेस्टमा मार्क उडले लगातार एक सय ५० किलोमिटरभन्दा बढीको गतिमा बल फालेका थिए । यद्यपि, पहिलो पालीमा क्यारेबियन ब्याट्सम्यान केवेम हजले एक सय ७१ बलको सामना गरी एक सय २० रन बनाएका थिए ।
आफूले ब्याटिङ गरिरहँदा वेस्ट इन्डिजका ब्याट्सम्यान केवेम हजले इङ्ल्यान्डका तिब्रगतिका बलर मार्क उडसँग ठट्टा गर्दै केही कम गतिमा बलिङ गर्न आग्रह गरेका थिए । उनले आफ्नो घरमा पनि श्रीमती र बालबच्चा रहेको स्मरण गराउँदै बलिङका क्रममा आफ्नो गति घटाउन आग्रह गरेका थिए ।
‘मेरो घरमा पनि श्रीमती र बालबच्चा छन् । कृपया बलिङ गर्दा ध्यान दिनु होला,’ उनले भनेका छन् । केवेमले यसो भनेपछि मार्क उड रमाइलो मानेर हाँस्छन् । इङ्ल्यान्ड र वेस्ट इन्डिजबिच तीन टेस्टको शृङ्खला खेलिँदै छ । यसअघि पहिलो टेस्टमा इङ्ल्यान्ड एक पाली र एक सय १४ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि