सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सांसद महतोले भने– हिजो मात्रै ५ हजार घुस दिएँ, कसैले पत्याउँछ ?

आइतबार, ०६ साउन २०८१, १६ : ४६
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन् ।

‘म एउटा सानो उदाहरण दिन चाहन्छु । म भूपू मन्त्री । हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’

उनले कर्मचारीले यो मिलेन त्यो मिलेन भनेपछि आफै गएर सबै कागजात पेस गर्दा पनि अधिकृतले कागज नमिलेको भन्ने जवाफ पाएको बताए । त्यसपछि बिचौलियालाई पाँच हजार दिएपछि काम भएको उनले सुनाए ।  उनले देशलाई समृद्ध बनाउने हो भने निजामती कर्मचारीलाई परिवार चलाउन गरी तलब दिनुपर्ने पनि बताए । 

सुशासन र भ्रष्टाचार रोक्न कुनै पार्टी र सरकार मात्र नभएर सबै राजनीतिक दलहरूको जिम्मेवारी भएकाले एक भएर बढ्नुपर्ने महतोको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप