प्रतिनिधिसभालाई आर्थिक विकासको केन्द्र बनाउनुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साधारण खर्च धान्न पनि आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता आइपरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन संसदमा भाषण गर्दै नेपालले यसबाट विगतमा आफूहरूले गरेको शासनका विषयमा प्रश्न उठेको बताएका छन् ।
आप्रवासी कामदारले विदेशमा कठोर काम गरेर पठाएको रेमिट्यान्सबाट बढेको विदेशी मुद्राको भण्डारबाट खुसी हुन नहुने उनको भनाई छ । ‘तर अर्थतन्त्रको सूचकाङ्क विदेशी मुद्राको भण्डारणले मात्रै राम्रो देखिँदैन । विकास खर्च न्यून छ । विकास खर्चको ठुलो हिस्सा असार मसान्तमा खर्च भइरहेको छ ।’
असार मसान्तको भेलमा विकास खर्च बगाउने परिपाटी अन्त्य नगरी विकास र समृद्धि सम्भव नभएको नेपालले बताए । यस्तै जनता मूल्यवृद्धिको मारमा रहेको र गत आर्थिक वर्षमा मात्रै खाद्यान्नको मूल्य वृद्धि १६ प्रतिशत पुगेको उनको भनाई छ । मुलुकलाई छिटो विकास गर्न दोहोरो अङ्कले आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा गत आर्थिक वर्षमा ४ प्रतिशत हाराहारी मात्रै छ ।
यसबाहेक राजश्व सङ्कलन लक्ष्यको ७२ प्रतिशत मात्रै हुँदा बजेट घाटा कूल खर्चको एक तिहाइ पुगेको छ । संसद्लाई अर्थहीन वादविवादको थलोका रूपमा नभएर आर्थिक विकासको केन्द्रबिन्दुका रूपमा विकास गर्नुपर्ने नेपालले बताए । लगानी र प्रतिफलको सुनिश्चितता बिना विदेशी लगानी नभित्रने समेत उनको भनाई छ ।
‘प्रतिवर्ष ४ सयदेखि ५ सय मेगावाट नभएर प्रतिवर्ष १० हजारभन्दा बढी बिजुली उत्पादन गर्न सक्नुपर्छ,’ नेपालले भने, ‘जलविद्युत परियोजनामा लगानी आकर्षित गर्नुपर्छ । अब पनि पर्याप्त विद्युत् उत्पादन नगरेमा भविष्यमा आम्दानीको स्रोत नरहन पनि सक्छ ।’
यस्तै विश्व हाइड्रोजनको प्रयोगमा जाँदै गर्दा नेपालले पनि त्यसतर्फ आफ्नो ध्यान मोड्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार
-
जनार्दनलाई योगेशको जवाफ: राजीनामा दिएको हैन, मन्त्री पाएर छाडेको हो
-
शिक्षकहरू फेरि काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा
-
कसले पाउला आरसीबी, केकेआर र दिल्ली क्यापिटल्सको कप्तानको जिम्मेवारी ?