वर्तमान गठबन्धन कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज हो : सचिव विष्ट

काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै उनले यस्तो बताएका हुन् ।
सचिव विष्टले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताए । उनले एमाले र कांग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको बताए ।
सचिव विष्टले बाघको छालामा स्यालको रजाइँ गर्ने कुराले कोल्टो फेरेको बताए । उनले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताए । उनले अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको बताए ।
उनले पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिरिने बित्तिकै लोकतन्त्र खतरामा परेको भन्दै गरेको प्रचारमा कुनै तर्क नरहेको दाबी गरे । उनले आफू सरकारमा हुँदा लोकतन्त्र जोगिने र आफू सत्ता बाहिर हुँदा लोकतन्त्र खतरामा पर्ने के लोकतन्त्र कुनै दलले निर्धारण गर्ने हो भन्दै प्रश्न गरे ।
सचिव विष्टले कांग्रेस–एमाले गठबन्धनले लुकेर संविधान संशोधन गर्न लागेको भन्दै गरेको प्रचारमा कुनै सत्यता नभएको दाबी गरे । उनले संविधान संशोधन लुकेर नगरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ