ढल्यो जम्कट्टेल नेतृत्वको सरकार
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार ढलेको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेसँगै माओवादी केन्द्रबाट १८ महिना सरकार सञ्चालन गरेका मुख्यमन्त्री जम्कट्टेल सत्ताबाहिर पुगेका हुन् ।
केन्द्रमा एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै सङ्कटमा परेका मुख्यमन्त्री जम्कट्टेलले संसदबाट बहुमत जुटाउन नसक्ने भएसँगै राजीनामा दिएका हुन् । एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीको गठबन्धनबाट सरकारको नेतृत्व सम्हाल्दै आएका जम्कट्टेल असार २४ गतेबाट अल्पमतमा परेका थिए ।
पटक पटक सत्ता समीकरण परिवर्तन भएपनि ३ पटक संसदबाट विश्वास मत लिएर सरकार सुरक्षित गरेका मुख्यमन्त्री जम्कट्टेलले यस पटक भने निरन्तरता पाउन सकेनन् ।
गत २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका जम्कट्टेलले समीकरण परिवर्तनसँगै पहिलो पटक २०७९ माघ ३ मा विश्वासको मत लिएका थिए । माघ ३ मा कुल ११० सांसद मध्ये १०५ सांसदको समर्थन पाएका थिए । ४ महिना चलेको सो गठबन्धन चैत १० मा भत्कियो । नयाँ समीकरण बनेको त्यस समयमा पनि सरकार टिकाएका जम्कट्टेलको लोकप्रियता भने निरन्तर खस्कँदै गयो ।
उनले राप्रपा र एमालेसँगको सहयात्रा टुंगिएपछि २०७९ चैत १० मा दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको समर्थन पाएका थिए । करिब १ वर्ष कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको साझेदारीमा सरकार सञ्चालन भयो । अन्ततः २०८० फागुन २० मा पुनः समीकरण परिवर्तन भयो । फागुन २३ मा सरकारबाट कांग्रेस अलग भयो । त्यस लगत्तै बाध्यकारी परिस्थितिका बिच चैत १९ मा मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिए । सो समयमा उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसहितको गरी ५६ मत प्राप्त गरे ।
तर असार १७ मा कांग्रेस र एमालेबिच बनेको सहमितसँगै सत्ता समीकरण परिवर्तन हुँदा भने मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार ढलेको हो । यसोसँगै मुख्यमन्त्री जम्कट्टेलको पार्टी माओवादी केन्द्र प्रतिपक्षमा रहने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?