आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

महिला एसिया कप क्रिकेट : यूएईविरुद्ध भारतले बनायो २०१ रन

आइतबार, ०६ साउन २०८१, १५ : ५९
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेटको आइतबार खेलिएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय एक रनको विशाल योगफल तयार पारेको हो ।

भारतका लागि दुई ब्याट्रले अर्धशतकीय पाली खेले । कप्तान हरमनप्रित कौरले ६६ रन बनाइन् । उनले केवल ४७ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरिन् । विकेटकिपरको समेत भूमिकामा रहेकी रिचा घोषले पनि अविजित ६४ रन जोडिन् ।

उनले केवल २९ बलको सामना गरी एक छक्का र १२ चौका हिर्काइन् । ओपनर सफाली वर्माले पनि टोलीको खातामा ३७ रन थपिन् । स्मृति मन्धानाले १३ रन जोडिन् । यूएईका बलर कविसा एगोडेगले दुई तथा समाइरा धरणिधरका र हिना होचन्दानीले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा भारत र यूएई दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यूएईको टोली आफ्नो पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । भारतले भने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्दी पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसक्दा भारत दुई अंकसहित पहिलो र नेपाल दुई अंकसहित दोस्रो स्थानमा आसिन छन् । पाकिस्तान र यूएईले भने अंक बटुल्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप