सत्ता राजनीति
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
आइतबार, ०६ साउन २०८१, १५ : ३६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।
गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाजुको औद्योगिक क्षेत्रमा आगलागी
-
प्रजा राज्यलक्ष्मी देवी सिंह : जो राष्ट्रिय पञ्चायतमा उपाध्यक्ष हुने प्रथम महिला बनिन्
-
वीरगञ्जमा हनुमान जयन्त्रीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबिच झडप
-
बराबरीमा रोकिए झापा र पोखरा
-
वीरगञ्जमा झडपः पसल र मोटरसाइकलमा आगजनी, प्रहरीद्वारा अश्रुग्यास प्रहार
-
उत्कृष्ट सुरुवातपछि लय गुमाउँदा १ सय ८० रनमा रोकियो गुजरात