शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

आइतबार, ०६ साउन २०८१, १५ : ३६
आइतबार, ०६ साउन २०८१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत  नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् । 

गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप