मुख्यमन्त्री जम्कट्टेलद्वारा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा

मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको बताए ।
सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।
उनका अनुसार माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने छ । माओवादीले परिपक्व र संस्कारयुक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।
मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म