शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

मुख्यमन्त्री जम्कट्टेलद्वारा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा

आइतबार, ०६ साउन २०८१, १५ : ०५
आइतबार, ०६ साउन २०८१

मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको बताए ।

सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।

उनका अनुसार माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने छ । माओवादीले परिपक्व र संस्कारयुक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप