सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

संविधान संशोधनबारे प्रधानमन्त्रीको प्रस्टीकरण : भनेको नभए पश्चगमनको पोसाक लगाइदिने संस्कृति छ

आइतबार, ०६ साउन २०८१, १४ : ५५
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा धकेल्नेगरी संविधान संशोधन नगरिने बताएका छन् । उनले दुई तिहाइबाट मात्र नभएर सबैको सहमतिबाट संविधान संशोधन गरिने संसद्लाई जानकारी गराए । 

आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस एमालेबिच भएको सहमतिका बुँदा वाचन गरेर सुनाउँदै संविधान संशोधन पश्चगमन भनेर बाहिर भएका प्रचारको खण्डन गरे ।   

‘संविधान भनेको असंशोधनीय विषय होइन । संविधान देश र जनताको हितका लागि साधन हो, साध्य होइन’, प्रधानमन्त्री ओलीले भने, ‘आवश्यकताले संविधानका ऐन कानुनमा संशोधन र परिमार्जन हुन्छ ।’ 

संविधान संशोधन गर्नु पश्चगमन भन्ने कतिपयको भनाइ पनि सुनेको भन्दै डेमोक्रेसीका लागि लड्ने कांग्रेस एमाले संविधान र लोकतन्त्रको रक्षा नगरे अरू कसले गर्छ भन्दै प्रश्न गरे । 

‘डेमोक्रेसी भन्ने शब्द कसले सुनाइदियो नेपालमा ? कंग्रेसले सुनायो होला, एमालेले सुनायो होला नि ! यिनै पार्टी होलान् डेमोक्रेसी भन्ने’, उनले भने, ‘पार्टी सिस्टम कसले सुनायो, कसले पार्टी बनायो ? यिनै पार्टी होलान् नि ? यिनै पार्टीमाथि संविधान पश्चगमन, संविधान खाने भए ?’ 

उनले संविधान संशोधनको विषयलाई लिएर पश्चगमन भनेर टिप्पणी भएकोप्रति पञ्चायतकालमा जनमत संग्रहबारे बालबच्चालाई फकाउन प्रयोग गरेजस्तो गरिएको बताए । ‘पञ्चायतकालमा जनमत संग्रहका बेला बच्चाबच्ची रोयो, कल गर्‍यो भने ए नबोलबवोल जनमत संग्रह भाँडिन्छ’, उनले भने, ‘त्यसो भनेर बच्चालाई अलमल्याउने चलन थियो ।’ उनले ख्यालठट्टामा होइन, आन्दोलनमा जीवन बलिदान गरेर, हिंसालाई पनि शान्तिपूर्ण बाटोमा ल्याएका पार्टीहरूले नै संविधान सिध्याउँछन् भने कसले बचाउँछ त भनेर प्रश्न गरे ।  ‘कसले बचाउँछ ? आफूले भनेको नभए पश्चगमनको पोसाक लगाइदिने हाम्रो अचम्मको संस्कृति छ त्यस्ता कुराको भ्रममा पर्नुहुँदैन’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप