सेयर बजार हरियो भयो, अब देशको पूरै बजार चलायमान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आउने वित्तिकै सेयर बजार हरियो भएको बचाउँदै अब देशभरका बजार चलायमान हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाणको रूपमा सेयर बजार रहेको बताए ।
उनले भने– ‘हाम्रो कार्य योजना प्रारम्भ हुनासाथ उत्साहको शृङ्खला प्रारम्भ भएको छ । अर्थतन्त्रको ऐना मानिने शेयर बजार हरियो भएको छ । ५० लाखभन्दा बढी संलग्न शेयर बजार पछिल्लो २ सातामा ४ सय अङ्कले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्र होइन देशको पूरै बजार चलायमान हुनेछ ।’
उनले सिङ्गो देशलाई चलायमान बनाउने अनुभव बोकेको बताउँदै २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गर्ने काम गरेको अनुभव रहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमाद्वारा ४ महिनाको बच्चालाई ढुङ्गा प्रहार गरी हत्या
-
काफ्लेगाउँमा क्रिकेट मैदान निर्माण सुरु
-
लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : विमलेन्द्र निधि
-
कर्मचारी ट्रेड युनियनको ७२ घण्टे अल्टिमेटम, माग पूरा नभए कलम बन्द गर्ने चेतावनी
-
‘के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो