अर्थतन्त्रको ऐना सेयर बजार २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको बताएका हुन् ।
उनले भने, ‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार पछिल्लो २ हप्तामा ४०० अंकले बढेको छ । हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो ।’ प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए ।
उनले सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग रहेको दाबी गरे । ‘किनभने, २०७२ सालको भूकम्पमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको अनुभव हामीसँग छ,’ उनले भने । यस्तै क्षतिग्रस्त बनेका हजारौँ घर पुनर्निर्माण गरेको र लगातार ७ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको अनुभव समेत रहेको ओलीको भनाई छ ।
‘विश्व बैंकले नेपाललाई दक्षिण एसियाको साइनिङ स्टार भन्दा सिंगो देश खुसीले गदगद बनेको इतिहास छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निरपेक्ष र बहुआयामिक गरिबी घटाइएको अनुभव पनि हामीसँग छ ।’ बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा काम गरेको अनुभव समेत यही सरकारसँग रहेको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले