सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– सरकारका पाँचवटा प्राथमिकता

आइतबार, ०६ साउन २०८१, १४ : ०८
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पाँच वटा प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेस गर्दै उनले जनतामा छाएको तीव्र निराशा चिर्न र जनतामा आशा र उत्साह जगाउन आफ्नो नेतृत्वको सरकार बनेको बताए ।

‘देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको  सरकार बनेको हो’, प्रधानमन्त्रीले भने, ‘जनतामा भरोसा जगाउने गरी काम गर्न हाम्रो सरकारका मुख्य पाँच वटा प्राथमिकता रहेका छन् ।’

त्यसक्रममा उनले विश्वासको मत दिनुपर्ने कारण बताउँदै सिङ्गो देश यतिवेला निराशामै रहेको बताए । ‘४६ पछिको पुस्ताले यति चरम निराशा कहिल्यै भोग्नुपरेको थिएन । अर्थतन्त्र र आयात निर्यात घटेको छ’, प्रधानमन्त्रीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप