सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
संसद् बैठक

एमालेले भन्यो– हामीलाई यस्तो उपसभामुख चाहिएको छैन

आइतबार, ०६ साउन २०८१, १४ : ०२
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाउँदै यस प्रकारको उपसभामुख नचाहिएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संवैधानिक परिषद्को यस्तो सदस्य नचाहिएको उल्लेख गरे । 

उनले भने– ‘देशको चौथो दल हौँ, युवा हौँ, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र तथ्य ल्याएर यहाँ बजार्नेहरूको विज्ञप्ति पढियो, लेनदेन छ भन्ने उहाँहरूको विज्ञप्तिमा आयो । कसको लेनदेन छ रु यो कुरा चाहियो । हामीलाई यस्तो उपसभामुख चाहिएको होइन, यस्तो संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले मान्छेलाई अनेक नाउमा लेटर प्याडको प्रयोग गरेर, अनेक गरेर मान्छे बेच्ने ? उहाँलाई करुणा जाग्यो । इजरायलमा मान्छे मर्दा, इराकमा मान्छे मर्दा विज्ञप्ति आयो ?’

उनले आफूले ४० वर्ष राजनीतिक गरेर आएको बताउँदै उपसभामुख जस्ता धेरैलाई नेता बनाएर आएको बताए । उनले छानबिन माग गर्दै संसद्ले उपसभामुखलाई नछोड्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप