उपसभामुखले महिलाको कोटामा पुरुष सिफारिस गरेर मानव बेचबिखन गरिन् : सांसद वैरागी

काठमाडौँ । एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाले महिलाहरूको सम्मेलनमा पुरुषलाई अमेरिका जान सिफारिस गरिएकोमा आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वैरागीले यसबारे तथ्य सत्य तत्काल संसद्लाई जानकारी गराउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
‘हामीलाई यस्तो उपसभामुख र संवैधानिक परिषद्को सदस्य चाहिएको होइन । जसले पद र लेटर प्याडको दुरुपयोग गरेर मान्छे बेचबिखन गर्ने । उहाँलाई करुणा जाग्यो– इजरायल र रुसमा मान्छे मर्दा करुण जाग्यो ? महिलाहरूको सम्मेलनमा जान पुरुषलाई सिफारिस गरियो । के हो यो ? जान्न परेन ? हामीलाई जवाफ दिन परेन । अरू काण्ड यसमा नजोडियोस् । यसमा छानबिन गर्न जरुरी छ । तर हामी छोड्नेवाला छैनौँ । विज्ञप्ति होइन जवाफ चाहियो’, आक्रोश पोख्दै उनले भने ।
उपसभामुख रानाले मानव तस्करी गरेको हो भन्ने कुरा पत्रले बोल्ने भन्दै चौथो दल हौँ, युवा, नयाँ हौँ, पुरानाले गरेनन् भनेर अङ्ग्रेजीमा भाषण छाँट्ने र यहाँ (संसद्मा ) सत्य तथ्य ल्याएर बजार्नेहरूको विज्ञप्ति पनि पढियो भन्दै उनले व्यङ्ग्य गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते