लुम्बिनी प्रदेश
एमाले नेता लीला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै
प्रदेश प्रमुखले आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी
आइतबार, ०६ साउन २०८१, १९ : ००

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो ।
दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरिलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले संयुक्त रूपमा दाबी पेस गर्ने उनले बताए ।
आइतबार दिउँसो १ बजेलाई आह्वान गरिएको प्रदेश सभा बैठक अझैसम्म सुरु भएको छैन । प्रदेशसभा सचिवालयले अब केही समय पछि बैठक सुरु हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’
-
स्थानीयको अवरोधले नागढुंगा सुरुङमार्ग निर्माणमा अन्योल