राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
आइतबार, ०६ साउन २०८१, १४ : ५६

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको आयु लामो छ उनीहरूलाई मात्र दिने व्यवस्था गर्न माग गरे ।
‘जसलाई बृद्ध भत्ता मात्र लिनु छ भने ती मान्छेहरूलाई राष्ट्रिय परिचयपत्र दिन किन जोड गर्नुपर्यो ?’, पन्तको प्रश्न छ । उनले परिचयपत्रका कारण धेरै अप्ठेरो भएको भनेर गुनासो आएको भन्दै गृह मन्त्रालयले सच्चाएको निर्णय नपुगेको भन्दै राष्ट्रिय परिचयपत्र हटाउन माग गर्दै ७० वर्षमाथिका मानिसलाई परिचय पत्र आवश्यक नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता