उपसभामुख रानामाथि छानबिन गर्न रामहरि खतिवडाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मानव तस्करी गर्न सहयोग पुग्ने गरी सिफारिस गरेको भन्दै आपत्ति जनाए ।
संसद्सँग कुनै साइनो नभएका ५ जनाका लागि अमेरिका जानका लागि पत्र पठाएको पाइएको र कसैलाई नचिनेको मान्छेलाई उपसभामुखले कसरी सिफारिस गरेको भन्दै छानबिन गर्न माग गरे ।
उनले भने– ‘यस्तो अवस्थामा उपसभामुखले संसद्को कमान्ड गर्न सुहाउँछ कि सुहाउँदैन ? यो पत्र कसैलाई थाहा नदिई, कसैलाई पनि चिन्दै नचिनेका, संसद्सँग साइनो नभएका, सुन्नमा आउँछ उपसभामुखको पनि एक जनासँग चिनजान भएको अवस्थामा ५ जनालाई सिफारिस भएको छ । यो कसले किन के प्रयोजनका लागि गरेको हो ? संसद्को मात्र हैन देशको अपमान भयो ।’ पैसा लिएर भोलि सिफारिस गर्ने काम गरे संसद्को इज्जत के हुन्छ भन्दै प्रश्न गरे ।
उनले सांसद रवि लामिछानेलाई इङ्गित गर्दै देशको सूचना बेच्ने मान्छे यहीँ छ भनेर कसैले भनेको सुनेको थियौँ, सूचना हैन मान्छे बेच्ने मान्छे यहीँ कतै छ कि छानबिन हुनुपर्छ भन्दै कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस