शनिबार, २६ माघ २०८१
ताजा लोकप्रिय

विक्की कौशलका लागि गुड न्युज बन्यो ‘ब्याड न्युज’

आइतबार, ०६ साउन २०८१, १२ : १६
आइतबार, ०६ साउन २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल यतिबेला ‘ब्याड न्युज’का कारण चर्चामा छन् । फिल्मको ट्रेलरलाई दर्शकहरू निकै रुचाएका थिए । फिल्मभित्र रहेको ‘तौबा तौबा’ गीतमा उनको डान्स मूभले पनि निकै चर्चा पाएको थियो । 

यो गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  फिल्मलाई क्रिटिक्सहरूले राम्रो रेटिङ दिएका छन् । दर्शकहरूले पनि फिल्मलाई माया गरिरहेका छन् । ‘ब्याड न्युज’ले विक्कीका लागि गुड न्युज साबित भएको छ ।

१९ जुलाईमा रिलिज भएको यो फिल्मले पहिलो दिनमै ८ करोड ६२ लाख भारु कमाएको छ । यो अभिनेताका फिल्ममध्ये पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । पहिलो सप्ताहन्तमा फिल्मले ३० देखि ४० करोडको कमाई गर्न सक्ने अपेक्षा गरिएको छ । 

यस अघि विक्कीको ‘उरी’ फिल्मले ओपनिङ डेमा ८ करोड २० लाख भारु कमाएको थियो । ‘राजी’को कमाई ७ करोड ५३ लाख भारु थियो भने ‘सैम बहादुर’को ओपनिङ ६ करोड २५ लाख भारु थियो । फिल्ममा विक्कीको साथमा तृप्ति डिमरी र एमी विर्कको पनि मुख्य भूमिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप