बीपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
_9ZPb8IMKzu.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले बीपीले नेपाली साहित्य, राजनीति र मनोवैज्ञानिक क्षेत्रमा ठुलो योगदान दिएको बताए ।
उनले भने, ‘उहाँको ४२औँ स्मृति दिवसको अवसरमा लाइब्रेरीको सुरुवात गर्न पाउँदा खुसी लागेको छ । बीपी कोइराला हरेक विषयका एक योद्धा नै हुनुहुन्थ्यो । बीपीका बारेमा मैले भन्ने गरेको छु–उहाँ हरेक चिज र सबै ठाउँमा छ । साहित्यकार, वैज्ञानिक, मनोवैज्ञानिकलगायत सबै कुरामा उहाँको योगदान रहेको छ ।’
बीपी कोइराला आफ्नो सिद्धान्तका लागि नथाक्ने र राष्ट्रका लागि जुनसुकै बलिदान दिन तयार हुन व्यक्ति रहेको सभापति देउवाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’
-
शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा