शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ सार्वजनिक

आइतबार, ०६ साउन २०८१, ११ : २९
आइतबार, ०६ साउन २०८१

काठमाडौँ । स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । शनिबार आयोजनामा एक विशेष समारोहमा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, कलाकार मदनदास श्रेष्ठ, पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा. कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेती, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले कृति संयुक्त लोकार्पण गरे । 

कार्यक्रममा कृतिको समीक्षात्मक गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उनले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चालाउँदै आएको बताए । उनले ‘स्रष्टा दाहालको मूल विधा काव्य भएपनि अन्य बिधामा पनि उतीकै दखल रहेको बताउँदै कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका रहेको बताए । 

स्रष्टा दाहालले आफ्नो सानैदेखि साहित्यमा लगाव भएको बताउँदै कृतिको बारेमा जानकारी दिए । समालोचक प्राडा.कृष्णप्रसाद दाहालले स्रष्टा दाहालको ‘स्वेतपत्र’ महाकाव्यले एउटा उचाइ प्राप्त गरेको बताउँदै पाठकले उहाँसँग त्यस्तै अन्य कृतिको अपेक्षा गरेको धारण राखे । 

कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधान, पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, कलाकार मदनदास श्रेष्ठ लगायतले सहित्य र स्रष्टा दाहालको योगदानको बारेमा बोलेका थिए ।

३५६ पेजको ‘सिर्जनमा दृष्टि’ मा पुण्यप्रसाद शर्मा (सिक्किम) को ‘विश्वका सर्वश्रेष्ठ कविताहरू’, लेखनाथ पोखरेलका ‘फकलीको गाउँ’, मार्वल हाउसकी शालिनी र चिबे नकटो’, विमला ढुंगना/निरौला (अमेरिका) को ‘यात्रामा देश’, वसन्त श्रेष्ठ (अमेरिका) को ‘अंगालो भरिको अनुभूति’, डा.डीआर उपाध्यायको ‘कसुर’, मिलन शाह शंकरको ‘कर्ना’, जनक रावलको ‘खाटा बसेको घाउ’, मायादेवी गुरुङ (बेलायत) को ‘ऐना’, अनुशाह (अमेरिकाको) ‘अनुराग’, गोपाल भण्डारी (अमेरिका) को ‘गोपाल भण्डारीका छन्द कविताहरू’, गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’, लक्ष्मी श्रेष्ठ ‘सगरमाथाको आर्तनाद’, ईश्वरीप्रसाद भुसालको ‘अर्पण’ र राजु सिटौला (अमेरिका) को ‘जीवन मृत्यु’जस्ता १६ कृतिका भूमिका समावेश छन् ।

कृतिको सम्पादन रमेश दाहालले गरेका हुन् । स्रष्टा दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जली’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कविता संग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ जस्ता कृति प्रकाशित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप