न्युरोडमा फुटपाथ विस्तारविरुद्ध वडाध्यक्षले थाले सडकबाटै काम, तस्बिरहरू

काठमाडौँ । न्युरोडमा काठमाडौँ महानगरपालिकाले गरिरहेको फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै कामकाज थालेका छन् ।
केही स्थानीयलाई समेत साथमा लिएर उनले फुटपाथ विस्तारको विरोध गर्दै आएका छन् ।
फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पूर्ण कामकाज धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्रबाट सञ्चालन गरिने महर्जनले बताए ।
त्यसका लागि उनले त्यहीँ कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् ।
तर, महानगरपालिकाले अहिले फुटपाथ विस्तार गर्न लागेको भने वडा नम्बर २४ को भूभाग हो ।
मेयर बालेनले फुटपाथ विस्तारको काम वडा नम्बर २४मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको बताउँदै आएका छन् ।
तर, उनले स्थानीयको समेत साथ लिएर निरन्तर न्युरोडमा भइरहेको फुटपाथ विस्तारको कामको विरोध गर्दै आएका छन् भने शुक्रबार बालेनको पुत्ला समेत दहन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै