बङ्गलादेशमा कर्फ्युबिच पनि हिंसा, ढाकामा एकै दिन १० जनाको मृत्यु
आइतबार, ०६ साउन २०८१, १० : ०८

ढाका । बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसा रोकिने कुनै सङ्केत छैन । हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि राजधानी ढाकामा शनिबार भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
यस क्रममा कम्तीमा ९१ जना घाइते भएका छन् । मारिनेमा दुई प्रहरी पनि भएको बताइएको छ । ढाकाको जात्राबारीको रायर बागमा ८ जनाको मृत्यु भएको छ भने मिरपुर र अजिमपुरमा अरु २ जनाको मृत्यु भएको छ ।
शनिबार ढाकाको बड्डा र सैयदाबाद क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको थियो । गएको मंगलबारदेखि सुरु भएको हिंसामा हालसम्म देशभर कम्तीमा ११० जनाको मृत्यु भइसकेको छ
सरकारले शुक्रबार मध्यरातबाट कर्फ्यु लगाएको थियो । देशभर सेना परिचालन गरिएको छ । कर्फ्यु आइतबारसम्म लम्ब्याइएको छ । आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि