बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशमा समस्यामा परेका विद्यार्थीलाई अनलाइनमार्फत आवेदन दिन आह्वान

शनिबार, ०५ साउन २०८१, २२ : ३२
शनिबार, ०५ साउन २०८१

काठमाडौँ । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न । 

परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि  अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ ।  निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् । मन्त्रालयले  आवश्यक विवरण भरी Form Submit गरी  प्रत्यक्ष सम्पर्क गर्नका निमित्त  परराष्ट्र मन्त्रालय, काठमाडौं शाखाका अधिकृत महेश्वरमणि त्रिपाठी, बंगलादेशस्थित नेपाली राजदूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीलाई सम्पर्क गर्न भनेको छ ।  

 निवेदनका लागि निम्न लिङ्कमा जानुहोस्



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप