आइतबार, ०४ कात्तिक २०८१
ताजा लोकप्रिय

शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता छैन : मन्त्री शाही

शनिबार, ०५ साउन २०८१, २० : ३१
शनिबार, ०५ साउन २०८१

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । 

सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ । उनले भने,‘सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नै छैन । दुईवटा पार्टीको विशेष पहलबाट लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । बरु यो सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य हो ।’ 

मन्त्री शाहीले वर्तमान सरकार कांग्रेस–एमालेका शीर्ष नेताहरूले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरे । उनले सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको बताए ।

‘यो सरकारले पूर्ण रूपमा राजनीतिक स्थायित्व दिन्छ । बिचमा तलमाथि हुने प्रश्नै आउँदैन । यो अन्तिम विकल्प हो । धेरै विकल्पहरू प्रयोग भइसके । जनता सरकार फेरबदलको खेलले आजित भइसकेको अवस्था छ । त्यसकारणले आम जनताको चाहना र भावना दुई दल मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ भन्ने थियो । दुई दलका शीर्ष नेतृत्वले यो कुरा महसुस गरेर सहमति गरेको हुनाले यो सरकार पूरा अवधि अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप