बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते
शनिबार, ०५ साउन २०८१, १९ : ०२

नारायणगढ । चितवनको नारायणगढ– मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालकानुसार आज दिउँसो भरतपुर महानगरपालिका–२९ मा पर्ने भतेरीमा नारायणघाटबाट पोखरा जाँदै गरेको ग२ख १४०१ नंको बस सोही दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नंको पेट्रोल बोकेको ट्याङ्करको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एकजना गम्भीर र अन्यको अवस्था मध्यम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द