विभिन्न स्थानमा १० जना मृत फेला
शनिबार, ०५ साउन २०८१, १८ : ३६
काठमाडौँ । मोरङ, महोत्तरीलगायत देशका विभिन्न स्थानमा १० जना मृत अवस्था फेला परेका छन् ।
- मोरङ, बुढीगंगा गाउँपालिका-६ सन्दुवा बस्ने ७५ वर्षीय मदनलाल चौधरी सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङकै बिराटनगर महानगरपालिका-१७ दशगजास्थित रानी भन्सार कार्यालय पछाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी २९ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- महोत्तरी, मटिहानी नगरपालिका-१ धिरापुरस्थित बिगही खोलामा सोही नगरपालिका-९ सिमरदही बस्ने ४५ वर्षीय परिक्षण मल्लिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, धुलिखेल नगरपालिका-७ हुड्का डेरा गरी बस्ने ४० वर्षीया उमा बोगटी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सुर्खेत, भेरिगंगा नगरपालिका-६ दहस्थित देवधन राईस मिलमा सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय दिप बहादुर खड्का शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पूर्व, देवचुली नगरपालिका-१ केउरेनी दिव्यधामस्थित नारायणी नदीको किनारमा अन्दाजी ४५ वर्षीया महिला शुक्रबार र गैंडाकोट नगरपालिका-३ जयश्री सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सप्तरी, राजबिराज नगरपालिका-५ छिन्नमस्ता अस्पतालको गेट अगाडि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- पर्सा, छिपहरमाई गाउँपालिका-५ भिस्वा कालिकामाई मन्दिर जाने बाटो छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ बांदरेस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता