सवारी दुर्घटनामा चार जनाको मृत्यु
शनिबार, ०५ साउन २०८१, १८ : ३१
काठमाडौँ । सिन्धुली, बाँके, सिराहा र कास्की जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
- सिन्धुली, गोलन्जोर गाउँपालिका-३ बन्दिजोर खोलास्थित सडकमा देउरालीटारबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २-००१ ह १३७१ नम्बरको अटो शुक्रबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार कमलामाई नगरपालिका-१३ बस्ने ३५ वर्षीया मन्दिरा पौडेलको घटनास्थलमै मृत्यु भएको छ । अटोले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ६ जना र पैदलयात्री १ जनाको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१ सिद्धार्थ कटेजस्थित सडकमा भे.१२ प ५०६० नम्बरको मोटरसाइकल र भे.१३ प ४५८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा भे.१३ प ४५८१ नम्बरको मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-४ बस्ने २५ वर्षीय अर्जुन रोका क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । भे.१२ प ५०६० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिराहा, औरही गाउँपालिका-१ दरैहियास्थित सडकमा बरियारपट्टीबाट औरहीतर्फ जाँदै गरेको म.प्र.०१-००४ प ८२२८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २२ वर्षीय रमेश मण्डलको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
- कास्की, अन्नपुर्ण गाउँपालिका-३ चुइनेपहरास्थित सडकमा बिएए ४४४८ नम्बरको स्कारपियो र ना.३५ प ६७३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-३ लक्ष्मी देउराली बस्ने ४२ वर्षीय पुष्पराज पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’
-
कपिलवस्तुबाट पाटेबाघको छालासहित एकजना पक्राउ
-
विवाह गर्दै गायिका स्मिता दाहाल