राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज त्यस तर्फ प्रस्थान गरेकी छन् । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औँ चीन – दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै घिमिरे चीन प्रस्थान गरेकी हुन् ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इष्टर्न चाईना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले जुलाई २३ मा हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाईमा नेपाल फर्कने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बार निर्वाचन : सर्वोच्च बारकै गठबन्धन कि कांग्रेस एक्लै ?
-
उचालिएकै भरमा निर्णय गर्न नहुने दृष्टान्त युक्रेन घटनाले सिकायो : उपमहासचिव ज्ञवाली
-
क्रिप्टोकरेन्सी ठगी मुद्दामा तमन्ना र काजलसँग जवाफ माग
-
१ सय ७९ रनमा समेटियो इंग्ल्याण्ड
-
सांसद किनेर अध्यादेश पास गराउने खेल भइरहेको छ : लिङ्देन
-
‘कविताले चेतनाको अग्रपक्ष बोक्छ’