भट्टराईको पुस्तक विमोचनमा महासचिव भुसाल– पुस्तकमा राखिएका लेखले शीर्षकलाई न्याय गर्दैन
काठमाडौँ । एकीकृत नेकपा समाजवादी (एस) का महासचिव घनश्याम भुसालले बाबुराम भट्टराई घटना र मुद्दालाई गहन रूपमा हेर्न र बुझ्न सक्ने व्यक्तित्व भएको बताएका छन् । बाबुराम भट्टराईबारे लिखित पुस्तक ‘बाबुराम अ भिजनरी रेबेल’ विमोचन कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।
पुस्तक, पुस्तकको लेख र शीर्षक हेर्दा शीर्षकले न्याय नभएको हुन सक्ने आशङ्का महासचिव भुसालले गरे । ‘डा. भट्टराई माओवादी आन्दोलनको विचारक हो,’ भुसालले भने, ‘भट्टराईले पछि माओवादी छाड्नुभयो भन्ने विषयमा बढी केन्द्रित छ ।’ यस्तै समाजवादको विषयलाई समेत पुस्तकमा उल्लेख भए पनि व्याख्या नभएको भुसालले बताए ।
‘शीर्षकलाई पुस्तकले न्याय गरेन भन्ने मलाई लाग्छ,’ भुसालले थपे, ‘भट्टराईले लिएको जनयुद्धको जिम्मेवारी, त्यसमा लागेका व्यक्तित्व लगायतका लागि पनि भट्टराई माओवादीबाट विचलित हुन हुँदैन ।’ माओवादी आन्दोलनको मूल एजेन्डा सेट गर्ने व्यक्ति भएका कारणले भट्टराईले विगतका विषयलाई छाड्दै हिँड्न नहुने भुसालको तर्क छ ।
भट्टराईले माओवादी आन्दोलन र त्यसबाट विचलित बन्दा अन्य व्यक्तिहरू खुसी हुन सक्ने भुसालले बताए । ‘४२–४३ सालमा दूध काण्ड भएको थियो । त्यसबेला पोल्यान्डबाट दूध आउँथ्यो । चेर्नोबिलको आणविक भट्टीमा भएको विस्फोट भएको थियो,’ भुसालले भने, ‘त्यस क्रममा अमेरिकीहरूले राजनीति गरे होलान् । त्यसपछि हामीले दूध बहिस्कार गर्यौं ।’ त्यसपछि तत्कालीन प्रधानपञ्चले गोदाममा पसेर दूध निकालेर खाएपछि विकिरण नरहेको पुष्टि भएको थियो ।
‘अनुभवजन्य प्रमाणहरूले स्थापित गरिसकेका छन्, कि कम्युनिजम भनेको मानवीय मनोविज्ञान र व्यवहारको विरोधमा छ,’ किताबमा लेखिएको अंश सुनाउँदै भुसालले भने, ‘त्यस्ता प्रमाणले यो पुष्टि गर्न सक्छ ? यी विषय किताबमा लेखेर पुष्टि गरिने विषय हो ? यस्ता प्रमाणले हाम्रा लेख र प्रिजेन्टेसनलाई कत्तिको न्याय गर्छ । यसलाई सोच्नुपर्छ ।’
पछिल्ला जीव विज्ञानका किताबमा समेत समाज र एकताका विषयमा उल्लेख हुन थालेको स्मरण गर्दै भुसालले थपे, ‘आइन्स्टाइनले यसै ‘ह्वाई सोसिलिजम’ लेखेका हैनन् भन्ने विषय हामीले बुझ्नुपर्छ ।’ त्यो लेखलाई खण्डन गर्न कसैले नसक्ने भुसालले बताए । ‘वैज्ञानिक रूपमा खण्डन होस्,’ उनले थपे ।
पुस्तकमा लेखिएको कम्यूनिजम विरोधी लेखमाथि भुसालको अनौपचारिक विरोध रह्यो । ‘कम्युनिजमको विरोध गरौँ । एउटा विचारधाराका रूपमा यो विरोध गरिनुपर्ला । तर प्रमाण जुटाउनुपर्छ’ भुसालले भने । डा. भट्टराईको सोच्न सक्ने, बौद्धिक र प्राज्ञिक क्षमतालाई नेपालीको जिन्दगी बदल्नका लागि लगाउन राम्रोसँग सोच्नुपर्नेमा भुसालले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा
-
४ अरब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
-
१२ घण्टा लोडसेडिङ भन्ने कुरामा सत्यता छैन : हरि ढकाल
-
ठगी गरेको आरोपमा सप्तरीमा पत्रकार महासङ्घका पूर्व उपाध्यक्षसहित दुई जना पक्राउ
-
निर्वाचन आयोगमा 'दलितका लागि दलित' अभियानको धर्ना (तस्बिरहरू)
-
बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक