बाबुरामलाई विश्वप्रकाशको प्रश्न : सत्यको एक्सपाइरी डेट हुन्छ कि हुँदैन ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई सत्यको सापेक्षताको बारेमा प्रश्न गरेका छन् । डा. भट्टराईबारे लिखित पुस्तक विमोचन कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले सत्य सापेक्षिक हुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै शर्माले भने, ‘पुस्तकमा उल्लेख भए अनुसार २०३५ सालमा डा. बाबुराम भट्टराईले नोटमा लेख्नुभयो, मेरो जीवन सत्य र न्यायका लागि समर्पण गर्न चाहन्छु । म डा. साबलाई सोध्न चाहन्छु, यो सत्यको एक्सपाइरी डेट हुन्छ कि हुँदैन ? किनभने सत्य सापेक्षिक हुन्छ ।’
जीवनको एक कालखण्डमा आफूलाई सत्य लागेको कुरा अरू कसैलाई सत्य नलाग्न पनि सक्ने उनको भनाई थियो । अरू कसैले सत्य मानेर समाएको कुरा आफूलाई सत्य नलाग्न पनि सक्ने उनले बताए ।
डा.भट्टराईले दुई कालखण्डमा सत्यको दुई भिन्न आयामलाई अभ्यास गरेको शर्माको जिकिर छ । ‘उहाँले नलजाईकन स्वीकार गर्नुपर्छ । डा. सबलाई कुनै काल खण्डमा लाग्थ्यो यो धरतीलाई सुन्दर बनाउने कुनै दर्शन छ भने त्यो कम्युनिस्ट दर्शन हो । जीवनको अर्को उचाइमा पुगेपछि त्योभन्दा भिन्न बाटोमा त्यसको सान्दर्भिकता घट्यो भन्नुभयो । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि आफूलाई त्यो बाटोमा लानुभएको हो । उहाँहरूले जर्मन दार्शनिक गेटेलाई चाँडो पढ्नुभएछ कि क्या हो । गेटेले के भन्नुहुन्छ भने जीवनको रङ हरियो हुन्छ, सिद्धान्तको रङ खैरो हुन्छ । जब सिद्धान्त र जीवनको बिचमा द्वन्द्व पर्छ, जीवनले विजयी हासिल गर्छ र सिद्धान्त चाहिँ कुनामा बसेर रुनतर्फ लाग्छ । जीवन मुस्कुराउँदै अघि बढेर लाग्छ ।’
संविधान लेखनमा डा.भट्टराईले महत्त्वपूर्णभन्दा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै संविधान जारी गरेपछि भट्टराईले आफ्नो बाटो बदलेको जिकिर गरे । ‘जब बाटो बदल्नु भयो, उहाँले जीवनको अर्को सत्य अँगाल्नुभयो । यसका लागि पनि साहस चाहिन्छ,’ शर्माले भने ।
फरक प्रसङ्गमा महामन्त्री शर्माले वैकल्पिक राजनीतिले प्रगतिशीलतालाई, परिवर्तित प्रवृत्तिलाई बोक्न सक्नुपर्ने बताए । ‘हामी नयाँ हौँ, हामी फरक छौँ भन्दै गर्दा कांग्रेस–कांग्रेसजस्तै भइदियो भने के फरक भयो र ?,’ उनले भने, ‘नयाँमा मन्त्री बन्ने हतारो कांग्रेसमा भन्दा बढी देखियो भने के फरक हुनुभयो तपाईं ? वैकल्पिक राजनीतिको परिभाषा वैकल्पिक प्रवृत्तिको रूपमा बनाऔँ । त्यसले आउँदै गरेको नयाँ सम्भाव्य दललाई पनि मैले वैकल्पिक राजनीतिक प्रवृत्ति बोक्नुपर्छ भन्ने कुरा सिकाउँछ । पुरानो भनिएको दलले पनि हामीले अन्ततः वैकल्पिक राजनीतिक प्रवृत्ति बोक्नुपर्छ भन्ने कुरालाई बढवा दिन्छ ।’
लोकतन्त्रको आधारभूत कुरा भनेकै प्रश्न, स्वामित्वबोध र विकल्प भएको उनको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा