आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

चीनको शान्सी प्रान्तमा राजमार्गको पुल भत्कियो, ११ जनाको मृत्यु

शनिबार, ०५ साउन २०८१, १३ : ०९
शनिबार, ०५ साउन २०८१

बेइजिङ । उत्तर पश्चिमी चीनको शान्सी प्रान्तमा रहेको राजमार्ग पुलको आंशिक संरचना भत्किँदा ११ जनाको मृत्यु भएको छ ।  साङ्लुओ शहरको झाशुई काउन्टीमा रहेको सो पुल भत्किँदा उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

सो घटनामा केही सवारी साधन खोलामा खसेका छन् । शनिवार बिहान १० बजेसम्म उद्धार टोलीले खोलामा खसेका पाँचवटा सवारी साधन निकालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप