सङ्खुवासभाको भविष्य ऊर्जामा छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सि॥चाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । सङ्खुवासभा–काठमाडौँ पत्रकार सङ्घ (एसकाज) ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले आफ्नो मुख्यप्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताए ।
उनले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गरे । “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उनले भने ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गरे । उनले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिए ।
सङ्खुवासभा– काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके सङ्खुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)