कसम यो मन दुख्छ

पुराना दलले त झुक्काए झुक्काए
नयाँ दलले पनि झुक्काए भने
कसम यो मन दुख्छ
पुराना दलले बोलेर नगरे जस्तै
चिप्ला भाषण छाँट्न थाल्यौ भने
हे नयाँ दल
कसम यो मन दुख्छ
साँच्चै जस्तो गरि जीवन सुखका
नक्कली नानाथरी रङ्गिन
आशा देखायौ भने
गरिब दुखीको बलिन्द्रधारा आँसुले
जुनी जुनी भरको लागि तिमीलाई सराप्छ
युवायुवती विदेश खेदिन परेर
उनीहरूको आँसुको मर्म
नयाँ दलले पनि नबुझी हाँस्यौ भने
कसम यो मन दुख्छ
जब सम्म तिमी चिल्ला कारमा हिँड्छौ
तिमीले बिर्सन्छौ नाङ्गा खुट्टा
जब सम्म तिमीले घुस खान्छौ
तिमीले बिर्सन्छौ भोका पेट
जबसम्म तिमी विदेशी पोसाकमा सजिन्छौ
तिमीले बिर्सन्छौ नाङ्गो आङ
जबसम्म तिमी भ्रष्टाचार गरिरहन्छौ
तिमीले बिर्सन्छौ देशको विकास
पुराना दल नसुध्रिए जस्तै
नयाँ दल पनि सुध्रिएनौ भने
कसम यो मन दुख्छ
वाक स्वतन्त्रता भन्दै
सही बोल्नेको मुख थुन्यौ भने
हे नयाँ दल
कसम यो मन दुख्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
-
सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री
-
रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर
-
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो
-
समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार