कांग्रेस संसदीय दलको बैठक आह्वान
शनिबार, ०५ साउन २०८१, ०९ : १४

काठमाडौँ । नेपाली कांग्रेसले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै प्रतिनिधिसभा बैठकअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टीले ह्वीप लगाउने छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने संसदीय दलको कार्यालयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।
गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै असार ३० मा केपी ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय