बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
पर्यटन प्रवर्द्धन

पर्यटकको रोजाइमा कास्कीको कोरी पदयात्रा (तस्बिरहरू)

शनिबार, ०५ साउन २०८१, ०७ : ३९
शनिबार, ०५ साउन २०८१

कास्की ।  सुन्दर ठाउँ, प्रकृति सुन्दरताले भरिपूर्ण, अझ भनौँ 'स्वर्ग'को एक टुक्रा हो कोरी  क्षेत्र। कास्की जिल्लाको मादी गाउँपालिका–१ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ । पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू  बढ्दै गएका छन् ।

KORI kaski (5)

सिक्लेसबाट  सुरु हुने पहिलो दिनको  पैदल यात्रा त्यति सहज भने छैन ।  अहिले जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जिपमा यात्रा गर्न भने सकिन्छ । तर कोरी सम्म भने सडक पुगेको छैन । यहाँको भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा अवलोकन गर्दै सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदल यात्रा तय गर्न सकिन्छ ।  

KORI kaski (16)

सिक्लेसपछिको पहिलो रातको बसाइ भने  “तसा खर्क” मा हुन्छ । तसा खर्कको होटेलमा अर्को दिनको बिहानको खाजा खाई यात्रा कोरीतर्फको यात्रा फेरि सुरु हुन्छ ।  करिब ३ घण्टाको जङ्गलको यात्रा पछि खाना–खाजा को लागि “च्येका ल्हि” मा पुगिन्छ  ।

च्येका ल्हिमा खाना–खाजा खाएपछि भने यात्रामा उकालो बाटोको सुरुवात हुन्छ । करिब ३००० देखि ३५०० मिटरको उचाइ चारै तिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा ।

KORI kaski (17)

कोरीबाट ६,९८८ मिटर उचाइको लमजुङ हिमाल, ७,९३७ मिटर उचाइको अन्नपूर्ण दोस्रो, ६,९९३ मिटर उचाइको माछापुच्छ्रे हिमाल र ८,१५६ मिटर उचाइको मनासलु हिमाल आँखै अगाडि देख्न सकिन्छ । जसले जोकोहीलाई पनि मन्त्रमुग्ध बनाउने गर्दछ ।

KORI kaski (2)

यद्यपि पदयात्रामा राम्रो र व्यवस्थित बासको व्यवस्था नहुँदा भने कुनै कुनै दिन सुत्ने ठाउँ पाउन समेत मुस्किल हुने गर्दछ ।  यस्ता कमजोरीहरूलाई हटाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि बसोबासको उचित व्यवस्था गर्न सके कोरी पदयात्रा मार्ग विश्व कै एक आकर्षक गन्तव्य बन्न कुरामा दुई मत भने छैन ।

KORI_NEPAL PHOTO LIBRARY2

कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदल यात्रीले धेरै कुरामा भने ध्यान दिनु पर्ने हुन्छ । सकेसम्म यात्रीले गाइड लिने वा समूहमा यात्रा गर्ने, पानी, टर्च लाइट, लट्ठी र न्यानो लुगा बोक्ने गर्नुपर्छ । यो क्षेत्र कालो भालु अधिक पाइने हुनाले यात्राको बेला होहल्ला गर्ने तथा जङ्गली जनावर जिस्काउने काम वर्जित गरिएको छ । 

क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी

KORI kaski (3)KORI kaski (4)KORI kaski (6)KORI kaski (7)KORI kaski (8)KORI kaski (9)KORI kaski (10)KORI kaski (11)KORI kaski (12)KORI kaski (13)KORI kaski (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप