‘सन अफ सरदार २’ मा यी ‘सेक्रेड गेम्स’ की अभिनेत्रीको प्रवेश
![‘सन अफ सरदार २’ मा यी ‘सेक्रेड गेम्स’ की अभिनेत्रीको प्रवेश](https://npcdn.ratopati.com/media/news/image-(4)_ADKSyxUZAf.png)
मुम्बई । अजय देवगन र सञ्जय दत्तको सुपरहिट कमेडी फिल्म ‘सन अफ सरदार’ सन् २०१२ मा रिलिज भएको थियो। अब यसको सिक्वेल बन्न लागेको हो । यस पटक सोनाक्षी सिन्हाको स्थानमा मृणाल ठाकुर देखिनेछिन् ।
अहिले यो फिल्ममा अर्की नायिका पनि प्रवेश गरेकी छन् । उनी चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’सँग जोडिएकी छन् । फिल्मसँग सम्बन्धित एक व्यक्तिले भने– ‘सन अफ सरदार २’ मा अजय देवगन, सञ्जय दत्त र मृणाल ठाकुरसँगै कुब्रा सैत सामेल भएका छन् । उनको भूमिकाको बारेमा अहिलेसम्म केही खुलाइएको छैन, तर फिल्ममा उनले रोचक भूमिका निर्वाह गर्ने बताइएको छ ।
कुब्ब्रा सैतसँग फिल्मको छायाङ्कन अर्को महिनाबाट सुरु हुँदैछ । यसको ठुलो हिस्सा विदेशमा छायाङ्कन हुनेछ । यो चलचित्रलाई विजय अरोराले निर्देशन गर्दैछन् । यसको रिलिज मिति भने तय भएको छैन । तर अर्को वर्ष दीपावलीमा रिलिज हुन सक्ने बताइएको छ ।
फिल्ममा सञ्जय दत्त र अजय देवगन फेरि बिल्लु र जस्सीको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार चर्चित अभिनेता सनी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु