‘नताशासँग बस्न धेरै धैर्य चाहिन्छ’– हार्दिकले आफ्नी पूर्वपत्नीको बारेमा भनेका थिए
![‘नताशासँग बस्न धेरै धैर्य चाहिन्छ’– हार्दिकले आफ्नी पूर्वपत्नीको बारेमा भनेका थिए](https://npcdn.ratopati.com/media/news/image_xu9PWYSYtW.png)
मुम्बई । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टान्कोभिकको विवाह सम्बन्ध विच्छेदमा टुङ्गिएको छ । दुवैले जुलाई १८ को रात सामाजिक सञ्जालमा आफूहरू छुट्टिएको पुष्टि गरेका हुन् ।
दुवैले सन् २०२० मा विवाह गरेका थिए । त्यसलगत्तै छोरा अगस्त्यको जन्म भयो। कोभिडको बेला दुवैले हतारमा बिहे गरेका थिए ।
यस क्रममा हार्दिकले नताशासँगको सम्बन्धको बारेमा कुरा गरेका थिए जसको भिडियो भाइरल भइरहेको छ । हार्दिकले नताशासँग बस्न सजिलो नभएको सङ्केत गरेका थिए ।
उनले भनेका थिए, ‘अब मैले हरेक कुराको समाधान खोज्न थालेको छु किनभने उनले मलाई समाधान खोज्न सिकाइन् । यसका साथै नताशासँग बस्न धेरै धैर्यता चाहिने भएकाले पहिलेभन्दा धेरै धैर्यता अपनाउन पनि सिकेको छु ।’
यस भिडियोमा नताशाले हार्दिकसँगको पहिलो भेटको बारेमा बताएकी छिन् । उनले भनिन्, ‘म साथीहरूसँग क्लब गएकी थिएँ, मेरा एक साथी हार्दिकका साथी पनि हुन् । त्यतिकैमा मैले हार्दिकलाई आएको देखेँ । उसले टोपी र उज्यालो सल लगाएको थियो। भारतमा यति धेरै वर्ष बिताएपछि मैले त्यस्तो व्यक्ति र त्यस्तो व्यक्तित्व कहिल्यै देखेको थिइनँ। मलाई लाग्यो यी को हुन् ? जब तपाईँ पहिलो पटक कसैलाई भेट्नुहुन्छ, तपाईँ हात मिलाउनुहुन्छ तर हार्दिक अँगालो हाल्न अघि बढे । त्यतिबेला उनलाई मेरो नाम पनि थाहा थिएन तर धेरै मिलनसार भए र यसरी नै हाम्रो पहिलो भेट भयो ।’
१८ जुलाईमा सम्बन्धविच्छेदको घोषणा गर्दै हार्दिकले सामाजिक सञ्जालमा लेखेका छन्– ४ वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय गरेका छौँ । हामीले सँगै धेरै प्रयास गर्यौँ र सबै दियौँ। अब हामी दुवै छुट्टिएर बस्नु नै राम्रो हो जस्तो लाग्छ ।
हार्दिक र नताशाको सम्बन्ध विच्छेदको खबर धेरै दिनदेखि आइरहेको थियो । टी-२० विश्वकपमा भारतको जित भए पनि नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा पनि पोस्ट गरिनन्। उनले हालै एक इन्स्टाग्राम पोस्ट गरेकी थिइन्, जसमा सुटकेस र घरको तस्वीर थियो। यो पोस्टमार्फत उनले सर्बियामा रहेको आफ्नो घर जाने सङ्केत गरेकी थिइन् । अहिले नताशा आफ्नो घर पुगेकी छिन् जहाँबाट उनले केही तस्बिर पनि पोस्ट गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट
-
श्री ख्वपः मूल कुमारी माजुलाई गरगहना र वस्त्र चढाइयो, तस्बिहरु
-
देशभक्त, सुयोग्य र जुझारु असल नागरिक बनाउनु आजको आवश्यकता : मुख्यमन्त्री कार्की
-
यी दुई रानी : जसको सक्रियतामा खुल्यो त्रिभुवन विश्वविद्यालय
-
१० दिनदेखि बेपत्ता बालकको शव फेला
-
वरिष्ठ पत्रकार दाहाल सम्मानित