बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ ।
विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंस्रक विरोध प्रदर्शनका भिन्नाभिन्नै घटनामा २५ जनाको मृत्यु भएको थियो । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् ।
आन्दोलन र हिंसा निरन्तर बढ्दै गइरहेको छ । देशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ । आन्दोलनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।
विद्यार्थीहरूले १९७१ को मुक्ति सङ्ग्राममा लडेका सैनिकका छोराछोरीलाई सरकारी जागिरमा आरक्षणको विरोध गरिरहेका छन् । सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट छुट्टिएको थियो । स्वतन्त्रताको युद्ध लडेकाहरूलाई यहाँ मुक्ति योद्धा भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा