कतार पुगेर ईश्वर पोखरेलले भने- ओली सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्छ

कतार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्ने बताएका छन् । शुक्रवार प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताएका हुन् ।
उनले भने, ‘ रेमिट्यान्सलाई राज्यले कसरी व्यवस्थित गर्ने एमाले नेतृत्वको सरकारले गर्छ । रेमिट्यान्सको पहिला उत्पादनमा लगाउनुपर्छ ।’
पोखरेलले उद्योग चलाएर उत्पादनमा जोड दिए मात्र नेपाली श्रमिकलाई नेपालमै स्वरोजगार बनाउन सकिने बताए । देशमा रेमिट्यान्स भित्र्याउन अन्य क्षेत्रका श्रमिकको भन्दा खाडी क्षेत्रमा काम गरेका नेपालीहरूको योगदान बढी रहेको बताउँदै उनले प्रवासमा श्रम गरेर नेपालीहरूले आफ्नो परिवार र समाज धानेको बताए ।
अर्को एक प्रसङ्गमा पोखरेलले लिपुलेक लिम्पियाधुरा समेटेर नक्सा जारी गर्ने पार्टी एमाले भएको बताउँदै २००८ सालमा मातृका कोइराला प्रधानमन्त्री हुँदा १७ जना चेकपोस्ट राख्ने निर्णयमा सम्झौता समेत भएको स्मरण गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अग्रहरीयाले देशलाई समृद्ध बनाउन एमालेको आवश्यक रहेको बताए । उनले अब नेपालमा सानो पार्टीको काम नरहेको समेत बताए । अग्रहरीयाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला प्रत्येक पालिकामा १५ बेडको अस्पताल सुरुवात भएको बताउँदै देश विकासका लागि एमालेको आवश्यकता रहेको बताए ।
उनले मधेसका पार्टी विगतदेखि पद लोलुपताका कारण फुट्दै गएको बताए । कार्यक्रममा नेकपा एमाले कोसी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले नेपाली श्रम र सिपलाई नेपालमै राख्न वर्तमान सरकारले पहल गर्ने बताए ।
मञ्चका संयोजक अफ्सर खानको सभापतित्वमा भएको अधिवेशनको बन्द सत्र आजै सुरु हुने जनाइएको छ । नेतृत्व चयनको लागि ३ सय २१ जना प्रतिनिधि अधिवेशनमा सहभागी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा