१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको ४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. ओलीको कुलमानलाई निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली जोड्न कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।
२. न्युरोडमा तनाव
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।
३. नेपाली समस्यामा
वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० पुगेका ९० जना नेपाली एक महिनादेखि समस्यामा परेका छन् । बानेश्वरमा रहेको ओशो रिक्युटिङ एजेन्सी प्रालि र सामाखुसीमा रहेको मास ह्युमन रिर्सोस प्रालि लगायतका मेनपावरमार्फत यूएई पुगेका ९० जना नेपालीहरू समस्यामा परेका हुन् ।
नेपाल सरकारले बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उनीहरूको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको हो ।
४. उपसभामुखको दाबी
उपसभामुख इन्दिरा रानाले अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको लागि अगाडिको मिति राखिदिन अनुरोध गरेको स्वीकार गरेकी छन् । तर, उनले आफूबाट कुनै अनैतिक कार्य नभएको शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेकी छन् ।
५. विपक्षीको रणनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् गठनकै क्रममा सरकारलाई अङ्कगणितका आधारमा निकै बलियो बनाएका छन् । सङ्घ सरकारमा सहभागी दल र मधेस प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनकै सहमतिमा सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीसमेतलाई गणना गर्ने हो भने प्रतिनिधि सभामा करिब दुई तिहाइ मत जुटेको छ ।
६. फैसलाको पूर्णपाठ
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा उच्च अदालत पाटनले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीको आधारभूत तलबमान समान मर्यादा क्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन निर्धारण गर्न गराउन परमादेश जारी गरेको छ ।
७. सहकारी ठगी प्रकरण
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले प्रदेश र स्थानीय तहका नियामक निकायहरूसँग छलफल गरेको छ ।शुक्रबार बसेको बैठकमा समितिले विभिन्न प्रदेश र स्थानीय तहका सहकारीका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको छ ।
८. नयाँ संसद भवनबारे छलफल
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन् ।
९. ओलीलाई एमालेको सुझाव
नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्यसम्बन्धी सुझाव दिएको छ । शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो ।
१०. नेपालको विजय
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’ को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई ६ विकेटले हराएको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस